Saturday, April 18
Shadow

अछामकाे पहिराेमा पुरिएर १२ जनाकाे मृत्यु

अछाम – अछाममा पहिरोले पुरिएर १२ जनाकोमृत्यु भएको छ।

जिल्लाको कमलबजार नगरपालिका, ढकारी गाउँपालिका र तुर्माखाँद गाउँपालिकामा पहिरोमा पुरिएर १२ जनाको मृत्यु भएको हो।

फाइल फोटो



सहायक प्रमुख जिल्ला अधिकारी दिपेश रिजालका अनुसार कमलबजार नगरपालिकामा पहिरोले घर पुरिदा बेपत्ता भएका ९ जनाको शव भेटिएको छ। उनले तुर्माखाँद गाउँपालिकामा २ र ढकारी गाउँपालिकाका एक जनाको शव फेला परेको बताए।

यता ११ जना बेपात्ताको खोजी कार्य भइरहेको उनले बताए। अन्य ११ जना घाइतेको भने उद्धार गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *