Thursday, April 16
Shadow

कुनै क्षेत्र बाट चुनाव लड्न तयार छु : नेता निधि

सचतक नेपाल डेस्क,
१६ भदाै, राैतहट । मधेसका २२ जिल्ला बाहेकका कुनै पनि क्षेत्रबाट निर्वाचनमा भाग लिन आफू तयार रहेको नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले बताएका छन्।

सम्बाेधन गर्दै नेता निधि

उनका अनुसार क्षेत्रीय र जिल्ला कमिटीले सर्वसम्मत निर्णय गरे आफू पहाड र हिमालको क्षेत्रबाट चुनाव लड्न तयार रहेको प्रष्ट पारे ।

जनकपुरधाममा बुधबार आयोजित क्षेत्रस्तरीय कार्यकर्ता भेला तथा अन्तक्रियामा कांग्रेस पूर्वउपसभापति समेत रहेका नेता निधिले स्वयं समानुपातिक सांसदका रूपमा समेत संसदमा प्रवेश गर्नसक्ने सम्भावना रहेको बताए ‌।


पूर्वउपप्रधानमन्त्री समेत रहेका नेता निधिले आफू अन्य क्षेत्रबाट चुनाव लडे पनि समानुपातिक सांसदका रूपमा सांसद भए पनि सहज रूपमा लिन धनुषा निर्वाचन क्षेत्र नम्बर ३ का नेता तथा कार्यकर्तालाई आग्रह पनि गरे।

Leave a Reply

Your email address will not be published. Required fields are marked *