Monday, July 27
Shadow

मंसिर ४ निर्वाचन: समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु

११ भदाै, राैतहट । आगामी मङसिर ४ गते हुने प्रतिनिधि सभा र प्रदेशसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको दल दर्ता प्रक्रिया सुरु भएको छ।

निर्वाचन आयोगका सचिव गोकर्णमणि दुवाडीका अनुसार शुक्रबार पहिलो दिन प्रतिनिधि सभातर्फ २९, प्रदेश नम्बर १ मा २५, मधेस प्रदेशमा २७, बागमती प्रदेशमा २६, गण्डकी प्रदेशमा २५, लुम्बिनी प्रदेशमा २६, कर्णाली प्रदेशमा २२ र सुदूरपश्चिम प्रदेशमा २३ दल दर्ता भएका छन्।

यो प्रणालीका लागि आयोगले निर्वाचन अधिकृतको कार्यालयलाई आयोगको कार्यालय तोकेको छ। आयोगले प्राप्त निवेदनमध्ये प्रतिनिधि सभातर्फ पहिलो हुने निर्वाचित हुने प्रणालीतर्फ ८७ दलले भाग लिन पाउने गरी क्रम निर्धारण गरिसकेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *