Monday, June 1
Shadow

कांग्रेसका प्रभावशाली नेता गिरीको निधन

सचतक नेपाल डेस्क,
५ भदाै, राैतहट । नेपाली कांग्रेसका नेता, समाजवादी चिन्तक, पूर्व केन्द्रीय सदस्य एवं प्रतिनिधि सभा सदस्य प्रदिप गिरीको निधन भएको छ । उनकाे अन्त्यष्टी आजै गरिने भएको छ ।

स्वास्थ्य अवस्था जटिल रहेको गिरीकाे उपचारका क्रममा गएराती नेपाल मेडिसिटी अस्पतालमा निधन भएका हाे ‌ कांग्रेस नेता गिरीको पशुपति आर्यघाटमा अन्त्येष्टी गरिन लागिएको हो

कांग्रेस केन्द्रिय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसा्र गिरीको पार्थिव शरीरलाई श्रद्धाञ्जलीका लागि बिहान ९ः०० बजेदेखि ११ बजेसम्म नेपाल मेडिसिटी अस्पतालको प्राङ्गणमा रहेको शिवालय मन्दिरमा राखिनेछ ।

त्यसपछि विहान ११ः३० देखि २ः०० बजेसम्म नेपाली कांग्रेस केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुर राखिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *