Wednesday, July 29
Shadow

मधेश प्रदेश प्रहरीद्वारा आ.व ०७८/७९ मा ४० कराेड भन्दा बढीकाे अवैध सामाग्री नियन्त्रणमा

सच तक नेपाल ,
२९ असार‌, जनकपुरधाम। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरले यस आर्थिक वर्ष ०७८/०७९ काे श्रावन देखि ज्येष्ठ सम्ममा ४० कराेड भन्दा बढीकाे सामाग्री नियन्त्रणमा लिएकाे छ।

प्रदेश प्रहरीले कार्यालयबाट खटिएका विभिन्न टाेलीले उक्त अवधि सम्म ४० कराेड १४ लाख २६ हजार ८६७ रकम बराबरका सामाग्री बरामद गरेकाे हाे । प्रहरीले ती अवैध छलीमा संलग्न १९५ जनालाई समेत पक्राउ‌ गरेकाे  प्रदेश प्रहरी कार्यालयका प्रवक्ता तुल बहादुर कार्कीले जनाएका छन्।

प्रहरीले लत्ताकपडा, फेन्सी तथा अन्य समाग्री‌‌ गरीअन्दाजी‌‌ मुल्य १७ कराेड ५३ लाख २४ हजार ५५२ बराबरका सामाग्री नियन्त्रणमा लिएका छन् भने सवारी साधन र पार्टपुर्जा अन्दाजी मूल्य १५ कराेड ९९ लाख ३२ हजार ३४० बराबरका सामाग्री नियन्त्रणमा लिइएको हाे ।

त्यस्तै १०९ ग्राम ७९४ मिलि ग्राम सुन ( अन्दाजी मूल्य ९ लाख ८१ हजार १४ ) प्रहरीले बरामद गरेका हुन् भने ९३ लाख २१ हजार ४०३ बराबरका सुन प्रहरीले फेला पारेका थिए।

अन्य अन्दाजी मूल्य ५ कराेड ५८ लाख ६७ हजार ५५९ बराबरका किराना र बिद्युतिय बिद्युतिय सामाग्री प्रदेश प्रहरी कार्यालयले नियन्त्रणमा लिएकाे प्रवक्ता कार्कीले बताउनुभयो।

मधेश प्रदेशका जनतालाई सुरक्षित र अपराधबाट मुक्त बनाउन हामी जुटेका छाैँ। ” एकदिन जनकपुर अपराध मुक्त र मधेश प्रदेश अव्वल हुनेछ” प्रहरी उपरीक्षक एवम् प्रवक्ता तुल बहादुर कार्कीले सचतक नेपाललाई बताउनुभयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *