
सचतक नेपाल डेस्क,
२२ असार ,बेलाैरी । दाेदा नदीमा डुबेर कञ्चनपुरकाे बेलाैरीमा १४ बर्षिय बालककाे मृत्यु भएकाे छ ।
बेलाैरी नगरपालिका ५ बन्तरिया निवासी शुनिल कुमार चाैधरीकाे १४ बर्षिय छाेरा निरज चाैधरीकाे बुधवार स्थानिय दाेदा नदीमा डुबेर मृत्यु भएकाे प्रहरीले जनाएकाे छ ।
साथीहरु सँग खेल्ने क्रममा चिप्लिएर नदीमा खसेकाे मृतकका आफन्तहरुकाे भनाइ रहेकाे छ ।
मृतक बालककाे शब पाेष्ट मार्टमका लागि श्रीपुर स्वास्थ्य चाैकी बेलाैरीमा राखिएकाे ईलाका प्रहरी कार्यालय बेलाैरीका बरिष्ठ नायब निरिक्षक रमेश बुढाथाेकीले जानकारी दिए ।
