Saturday, September 12
Shadow

आज बाट यूरोपियन महिला च्याम्पियनसीप शुरु

सचतक नेपाल ,
२२ असार , रौतहट । युरोपियन महिला खेलकुदको सर्वाधिक प्रतिष्ठित प्रतियोगिताको रूपमा रहेको महिला युरोपियन च्याम्पियनसिप बुधबारबाट इङल्याण्डमा शुरु हुँदै छ। ३१ जुलाईसम्म चल्ने प्रतियोगिताको उद्‌घाटन खेलमा आयोजक इङल्याण्डले अस्ट्रियासँग म्यानचेस्टरमा प्रतिस्पर्धा गर्दै छ।

३१ जुलाईसम्म हुने प्रतियोगिताका लागि ५ लाख टिकट बिकिसकेको छ। जुन युरोपियन महिला फुटबलमा सर्वाधिक धेरै टिकट विक्री हो। छोटो समयमै यति धेरै टिकट विक्री भएको सन् २०१७ मा नेदरल्याण्ड्समा भएको प्रतियोगिताको भन्दा दोब्बर संख्या हो।

जारी प्रतियोगिताको उपाधि दाबेदार मानिएको इङल्याण्डको पहिलो खेलका लागि वल्ड ट्राफोर्डमा ७० हजार बढी उपस्थित हुँदै छन्। २५ दिनमा हुने ३१ खेलमा सहभागी हुन युरोपका १६ टोलीले एक अर्का विरुद्ध प्रतिस्पर्धा गर्दै छन्। प्रतियोगितामा योपटक पनि साविक च्याम्पियन नेदरल्याण्ड्स, फ्रान्स र इङल्याण्डलाई उपाधि दाबेदारका रूपमा हेरिएको छ।

प्रतियोगितामा पहिलोपटक सहभागी नर्दन आयरल्याण्डदेखि साविक च्याम्पियन नेदरल्याण्ड समेतले २००५ पछि इङल्याण्डमा हुने पहिलो युरोपियन च्याम्पियनसिपमा सहभागिता जनाउनेछन्। १७ वर्षपछि प्रतियोगिताको आयोजक यूईएफएले १३ औं संस्करणलाई ‘युरोपियन इतिहासकै सर्वाधिक ठूलो महिला खेलकुद इभेन्ट’को नाम दिएको छ।​

कुन समूहमा कुन टोली?

समूह ए: इङल्याण्ड, अष्ट्रिया, नर्वे, नर्दन आयरल्याण्ड

समूह बी: स्पेन, जर्मनी, डेनमार्क, फिनल्याण्ड

समूह सी: स्वीडेन, नेदरल्याण्ड्स‚ पोर्चुगल, स्वीजरल्याण्ड

समूह डी: फ्रान्स, इटाली, बेल्जियम, आइसल्याण्ड

Leave a Reply

Your email address will not be published. Required fields are marked *