Tuesday, July 28
Shadow

९० किलो गाँजासहित दुई भारतीय पक्राउ

सच तक नेपाल डेस्क,
२२ असार, रौतहट । ९० किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। मधेश प्रहरी कार्यालय र जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले ९० किलो गाँजासहित दुई भारतीयलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरुमा एक भारतीय नम्बर प्लेटको कारसहित भारत युपी कमलसागर गोपालपुर निस्फीका ३० वर्षीय रविकान्त भारती र भारत बिहार बेतिया पश्चिम चम्पारण डाकघर तेलुवाका २८ वर्षीय सुनिल भारतीय छन्।

उनीहरुले युपी ७० बिके ९९५५ नम्बरको भारतीय कारमा उक्त गाँजा लोड गरेर भारततर्फ लैजान लागेकाका बेला वीरगञ्जको बगहीबाट पक्राउ गरिएको हो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *