Tuesday, July 28
Shadow

कारागार भित्रै कैदी माथि कुटपिट गरेको आरोप

प्रेम यादव,
३० जेठ, रौतहट । राजपुर बमकाण्डमा घाइतेहरुलाई इट्टा भठ्ठामा जलाएको आरोपमा कारागार भित्र रहेका क्षेत्र नं.२ का पूर्व सांसद आफताब आलमका भाई महताब आलमले एक कैदिलाई कुटपिट गरेको आरोप लागेको छ । कारागार भित्र बसी आफ्ना विपक्षी क्षेत्र नं.२ का प्रत्यासी सांसद किरण कुमार साहलाई सिध्याउने रहस्य बाहिरिए पछि महताब आलमले सजाय भोगी रहेका एक कैदीलाई कुटपिट गरेका हुन् ।

Mahatab Aalam

मधेश प्रदेशको नामचिन जिल्ला रौतहट । जहाँ एकपछि अर्को घटनाहरुको उदाहरण फलामफाल छ । चाहे त्यो आन्दोलन होस् या व्यक्ति प्रतिको घटना तर घटना जुन भएपनि रौतहट चर्चामा आउन पछि परेको छैन् ।

मधेश आन्दोलन देखि धेरै चर्चामा आएको रौतहट जिल्ला अझै चर्चा बटुल्दै गएको छ । त्यस्तै निकै चर्चा र रौतहटको इतिहासमा लेखिने बिषय राजपुर बमकाण्ड पनि हो ।

राजपुर–फरहदवा बमकाण्ड : प्रतिवादीको तर्फबाट साेमबार थुनछेक बहस
Aftab Aalam

२०६४ चैत्र २७ गते राजपुरमा भएको बम विष्फोटमा परेका त्रिलोक प्रताप सिंह र ओशी अख्तर सहित अन्य घाइतेहरुलाई जिउदै इटा भट्टामा पोलेको आरोपमा पक्राउ परेका क्षेत्र नं. २ का सासंद आफताब आलमलाई प्रहरीले २०७६ असोज १९ गते पक्राउ गरेको थियो । रौतहट २ बाट निर्वाचित आलममाथि विस्फोट पदार्थ, ज्यानमार्ने उद्योग र ज्यान मुद्दा गरी तीन मुद्दा लगाइएको छ ।

त्यतिबेला रौतहट कांग्रेस सभापति कृष्ण यादवले सांसद आलम पक्राउको घटनाप्रति खेद प्रकट गर्दै उनको अविलम्ब रिहा गर्न माग गरेका थिए । आलमलाई रिहा नगरे सरकारविरुद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी समेत सभापति यादवले दिएका थिए ।

 

सोही बमकाण्डमा घाइते त्रिलोक प्रताप सिंह र ओशी अख्तर लगायतकाहरु लाई इटा भट्टामा जलाएको मुद्दामा फरार रहेका महताब आलमलाई भारत बिहारको मोतिहारी बाट पक्राउ गरिएको थियो । हाल उनी गौर कारागार भित्र छन् ।

भित्रै बसेर महताब दादागिरि गरि रहेको खुलासा भएको छ । राजपुर बमकाण्डमा नाम मुसिएको मतहताब आलमले जेल भित्रबाटै मलाई ज्यान मार्ने तानाबाना बुनिरहेको नेकपा एमाले प्रदेश २ का कमिटी सदस्य किरण साहले आरोप लगाएका छन् ।  “आफुले उनले बुनेको जाल थाह पाएपछि खबर दिएका छोटेलाल साहलाई निर्घात पूर्वक हमला गरेका छन् ” शाहले भने ।

धनमन्ती देवी, पिडित श्रीमति

आलमले कुटपिट गरेका शाहको श्रीमति भन्छन्, “सांसद प्रत्यासी किरण शाहलाई ज्यान मार्नलाई भनियो तर मेरो श्रीमानले मार्ने स्वीकार गरेनन् र महताबले बुनेको मास्टर प्लानलाई बाहिरिए जुन रिसमा जेलरसँग मिलेर उनलाई ज्यान जाने गरि कुटपिट गरेका हुन् ।” म भेट्न पुग्दाँ समेत प्रहरीले आज भेटन् दिएको छैन् , न उनको उपचार गरेको छ । उनको भनाई छ ।

घटना के हो ?

आफुलाई एउटा अंजान फोन आयो । फोन केहि दिन पहिलानै कारागारबाट रिहा भएका सुरेन्द्र बैठाले गरेका थिए । बमकाण्डमा नाम मुसिएका महताब आलमले मलाई मार्ने जाल बुनि रहेको थाहा पाउँदा थप बुझ्न कारागार पुगे । प्रहरी र प्रमुख जिल्ला अधिकारीलाई यो कुरा सुनाउँदा हामी अनुसन्धान गर्छौ भनी यातना मात्र दिए । सांसद प्रत्यासी किरण साहले सच तक नेपाललाई बताए ।

कुटपिट गरिएका छोटेलाल साह र महताब आलमलाई छुटाछुटै राख्न पिडित परिवारको आरोप छ । साथै अहिले उनको उपचार गराउन समेत उनको माँग छ ।

बिगतका केहि महिना यता देखि गौर कारागार निकै चर्चामा आएको छ । २०७८ साल मंसिर १ गते गौर कारागारमा एकजना कैदीले आत्महत्या गरेका थिए । जवरजस्ती करणी , अपहरण र शरिर बन्दकको मुद्दामा २१ वर्ष कैद सजाय भोगिरहेका २४ वर्षीय लडाइ साहले आत्माहत्या गरेका थिए । उनले कारागारको शौचालयमा डोरीको पासो लगाएर दिउँसो करिब पौने २ बजेको समयमा आत्महत्या गरेका थिए । मृतक साह देवाही गोनाही नगरपालिका ५ का स्थानीय बासिन्दा रहेका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *