
सच तक नेपाल डेस्क,
१५ जेठ, रौतहट । १५ औँ गणतन्त्र दिवसको अवसरमा ८१८ जना कैदीको कैद छुट भएको छ । त्यस्तै १६ जनाको कैद सजाय माफ भएको छ ।
२०७९ सालको गणतन्त्र दिवसको अवसरमा सम्माननीय राष्ट्रिपति विद्या देवी भण्डारी ज्यूबाट नेपालको संविधानको धारा २७६ बमोजिम निजहरुको बाँकी कैद छुट गरिएको छ । गृह मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै ८१८ जना कैदिको कैद छुट र १६ जनाको कैद सजाय माफ भएको जनाएको छ ।
गृह मन्त्रालयले १५ औँ गणतन्त्र दिवसको अवसरमा सबै नेपाली दाजुभाई दिदीबहिनीमा शुभकामना समेत व्यक्त गरेको छ ।

