Thursday, April 16
Shadow

झिनो हवाहुरिमा पनि बति अवरुद्ध हुँदा सर्लाहिका सर्वसाधारलाई सास्ती

सचतक नेपाल , जितेश यादव

सर्लाही । नेपाल बिधुत प्राधिकरण सर्लाहिको लापरबाहीका कारण सर्वसाधारणलाई सास्ती खेप्नु परिरहेको छ ।

झिनो हवाहुरीमा पनि बिधुत अवरुद्ध हुँदा सर्लाहीको दक्षिणी र पक्षिमी भु-भागमा अवस्थित बलरा नगरपालिका र रामनगर गाउँपालिकाका सर्वसाधारण कष्टकर बनेका छन ।

बिधुत अवरुद्धका कारण यहाँ सर्वसाधारण लगायत कुटानीपिसानी मिल, व्यापारिक प्रतिष्ठान, अस्पताललगायतको सेवा प्रभावित भएको छ । विद्युत् अवरुद्ध हुँदा गर्मी छल्नसमेत समस्या भएको रामनगरबासिका गुनासो रहेको छ ।

“विद्युत् अभावमा व्यापार घाटा व्योहोर्न बाध्य भयौं”, रामनगर–४ का नितेश पटेलले भने, “विद्युत् अवरुद्धले लाखौँको नोक्सान व्योहोर्नु पर्‍यो ।” यहाँका मिठाइ पसल, कोल्डमेसिन फ्रिजलगायत उपकरण तथा पसल सञ्चालनमा समस्या व्यर्होर्नु परेको उनको भनाइ छ ।

स्थानीयहरुका अनुसार बिगत कयौ बर्षदेखि झिनो हवाहुरीमा पनि लाईन गएपछी सुचारु हुन २४ घण्टा समेत लाग्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *