Friday, April 17
Shadow

राजपुरको मेयरमा राजिक निर्वाचित

सच तक नेपाल डेस्क,
७ जेठ, रौतहट । राजपुर नगरपालिकाको नगरप्रमुख (मेयर) पदमा मोहम्मद राजिक आलम निर्वाचित भएका छन् ।

नेपाली कांग्रेसतर्फ बाट उम्मेदवारी दिएका आलमले जसपाका उम्मेदवार मोहम्मद जैद आलमलाई २ हजार ५ सय ७४ मतले पराजित गर्दै विजयी भएका हुन् ।

गत वैशाख ३० गते भउको सथानीय तहको निर्वाचनमा आलमले ६ हजार ३ सय ३५ मत प्राप्त गरेका छन् ।

यस्तै उनका प्रतिपक्षी जैदले ३ हजार ७ सय ५१ मत ल्याउका हुन् । यस्तै, उपप्रमुखमा कांग्रेसकै जमिला असगरी ६ हजार २ सय ६८ मत ल्याई विजयी भएकी छिन् । असगरीले जसपाका चिन्ताकुमार कलवारलाई २ हजार ६ सय ३९ मतान्तरले पराजित गरिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *