
सच तक नेपाल न्यूज डेस्क
२३ वैशाख, रौतहट । नेपाली काँग्रेसका नेता तथा पूर्वमन्त्री अफताब आलमलाई रिहा नगर्ने सर्वाेच्च अदातलले आदेश दिएको छ ।
२०६४ चैत २७ गते आतंक फैलाएर निर्वाचन जित्ने उदेश्यले भारतदेखि पेसेवर बम बनाउनेहरू ल्याइ बम बनाउने क्रममा विस्फोट भएको र घाइते भएकाहरूलाई ज्युँदै इँटाभट्टामा हालेर हत्या गरेको आरोपमा पक्राउ परेका अफताबले जिल्ला अदातले जारी गरेको आदेश विरुध सर्वाेच्च अदालतमा रिहा हुने निवेदन दिएको थियो ।
सर्वोच्च अदालतले शुक्रबार उच्च अदालतकै निर्णयलाई सदर गर्दै उनलाई रिहा गरिरहन नपर्ने ठहर गरेको हो । आज न्यायाधीशद्वय सुष्मालता माथेमा र नहकुल सुवेदीको संयुक्त इजलासले आलमलाई रिहा नपर्ने ठहर गरेको हो ।
जिल्ला अदालत रौतहटले थुनामा राख्ने आदेश दिएपनि उनले सर्वोच्चमा २०७७ मंसिर १२ गते फैसला बदरको माग गर्दै सर्वाेच्च अदातलमा रिट निवेदन दर्ता गराएका थिए ।
