Tuesday, July 28
Shadow

एकीकृत समाजवादी र एनेकपाबीच एकताको घोषणा

सच तक नेपाल डेस्क,
१५ वैशाख, रौतहट। नेकपा एकीकृत समाजवादी र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा) बीच एकता हुने भएको छ।

एकीकृत समाजवादीले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक रहेका राजनीतिक दल, पार्टी निकट मोर्चा, सङ्गठनलाई एकताबद्ध गरी कम्युनिष्ट शक्तिलाई बलियो बनाउने र कम्युनिष्ट आन्दोलनलाई मुलुकको विकास र जनताका पक्षमा उपयोग गर्ने नीतिअनुसार एनेकपासँग एकता गर्न लागिएको जनाएको छ ।

विहीवार एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र एनेकपाका अध्यक्ष आलोक रायमाझीको उपस्थितिमा एकीकृत समाजवादीको केन्द्रीय कार्यालयमा दुवै पार्टीबीच एकतासभाको आयोजना हुने भएको छ ।

नेकपा एमालेबाट विद्रोह गरी स्थापित भएको एकीकृत समाजवादीले स्थापनाको आठ महिनाको अवधिमा करिब १० वटा वामपन्थी विचारका विभिन्न पार्टी तथा मोर्चालाई समाहित गरिसकेको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *