Sunday, July 26
Shadow

धनुषामा कार दुर्घटना १ जनाको मृत्यु, ३ जना घाइते

सचतक नेपाल,
११ वैशाख, धनुषा । धनुषामा कार दुर्घटनामा परेर एकजनाको मृत्यु भएको छ । सोही दुर्घटनामा परि अन्य तीन जना घाइते समेत भएका छन्। मृत्यु हुनेमा कार चालक भारतिय नागरिक नविन कुमार राय रहेका छन्।

शनिवार राति सवा ११ बजेको समयमा महेन्द्रनगरबाट जनकपुर तर्फ जाँदै गरेको भारतिय नम्बरको कार धनुषाको लक्ष्मिनिया गाउँपालिका वडा नं. ४ सपहीमा अनियन्त्रित भई माटोको डिस्कोमा ठोकिंदा राय गम्भीर घाइते भएका थिए।

गम्भीर घाइते भएका उनलाई उपचारको लागी प्रादेशिक अस्पताल जनकपुरधाम ल्याउँदा चिकित्सकले मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

यस्तै दुर्घटनामा परेर कारमा सवार सोनु कुमार गुप्ता, विशाल कुमार राय र गोलु कुमार महतो घाइते भएका छन् । घाइतेमध्ये गोलुको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

सबैजनाको उपचार प्रादेशिक अस्पतालमै भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *