Saturday, September 12
Shadow

देवताल गापामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास।

सच तक नेपाल, कलैया । देवताल गाउँपालिका वडा नं ४ र ५ को लागि बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले बिधिवत पुजा अर्चना गरी गरेका छन्। तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रिप्राढीको दक्षिण पट्टी ४ कोठ्ठे भवनको शुक्रबार शिलान्यास गरिएको छ।

शिलान्यास गर्दै गाउँपालिका अध्यक्ष सिँहले सँघियता आईसकेपछि सबै भन्दा पिछडिएको गाउँपालिका देवताल रहेको थियो। यहाँ कुनै पनि आन्तरिक आय स्रोत नभएको यस गाउँपालिका प्रमुखको रुपमा म आएपछि यस गाउँपालिकाको मुहार फेर्नमा लागि परेको बताएका छन्। तर कुनै पनि स्थानिय तहको बिकास कार्य पुर्ण रुपले गर्न ५ बर्ष अधिक नभएपनि आफुले र देवतालको क्रमचारीहरुले देखाएको लगनशीलताले आफु केहि गर्न सफल भएको बताएका छन्।

यस गाउँपालिकामा एउटा पनि माध्यमिक बिधालय नभएकोले शिक्षक तथा आफ्नो प्रयासले दुईवटा माध्यमिक बिधालय सँचालन गर्न सफल भएको बताएका छन। जसले गर्दा यहाँको बिधार्थीहरुलाई माध्यमिक तहसम्मको शिक्षाको लागि अन्त जानुपर्ने बाध्यताको अन्त्य भएको बताएका छन्। साथै गाउँपालिकाको आफ्नो भवनको निर्माण गरी आफ्नै भवनबाट कामकाज सुचारु पनि गरीएको छ। भने गाउँपालिकाको सम्पुर्ण काम यसै आर्थिक बर्षमा सम्पन्न हुने जानकारी समेत सिँहले दिएका छन। त्यस्तै यस गाउँपालिकाको बिभिन्न वडा कार्यालय लगायत बिभिन्न सामुदायिक भवनको उदघाटन लगायत निर्माण कार्य पनि अन्तिम चरणमा रहेको जानकारी दिएका छन्।

गाउँपालिकामा शान्ति सुरक्षा स्थापना गरी प्रहरी चौकिको भवन निर्माण गरी प्रहरी चौकि पनि स्थापना गरीएको छ। जसले गर्दा यस गाँउपालिकाको जनता शान्ति सुरक्षाको अनुभूति गर्न थालेका छन। भने गाउँपालिका स्तरको अस्पताल पनि निर्माण भईरहेको बताएका छन्। गाउँपालिकाले यहाँको बुद्धहरुको समाजिक सुरक्षा भत्ता कोलागि बैंक सम्म पुग्न निशुल्क बस पनि सँचालन गरीएको बताएका छन्।

यस बर्थिङ्ग सेन्टरको शिलान्यास गर्दा आफु धेरै नै खुशि भएको बताउदै यस गाउँपालिकामा बर्थिङ्ग सेन्टर भएकोले यो भवन निर्माण भई सकेपछि मल्टीपर्पसको रुपमा पनि सँचालन गर्ने सकिने बताएका छन।

चार कोठाको बर्थिङ्ग सेन्टर निर्माण गर्न ३८ लाखको मधेश समृद्धि बजेट बिनियोजन भएको देवताल गाउँपालिका को प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले जानकारी गराएका छन। भने उक्त कार्यक्रममा देवताल गाउँपालिकाको योजना प्रमुख अभिनन्दन गुप्ता ,शिक्षक अवधकिशोर गिरी , शिवनाथ साह , बिजय मिश्रा ,लोसपाको यूवा नेता सिवदर्शन पडित , श्यामसुन्दर साह , अम्बिका साह तेली ,लगायत सम्पूर्ण वडाको जनताको सहभागिता रहेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *