Monday, June 1
Shadow

गाैर नगरपालिकाद्वारा ज्येष्ठ नागरिकलाई सम्मान

सच तक नेपाल डेस्क , राैतहट । गौर नगरपालिकामा ज्येष्ठ नागरिकलाई न्यानाे कपडा सहित सम्मान गर्न क्रम जारी रहेकाे छ ।

साेही क्रममा गाैर नगरपालिका- २ मा आज ज्येष्ठ नागरिकहरुलाई न्यानो कपडा बाट सम्मानित गरिएको छ ।

गौर नगरपालिकाले संचालन गरेको जेष्ठ नागरिक सम्मान अभियान अन्तर्गत नगर प्रमुख अजय कुमार गुप्ताले ११४ जना जेष्ठ वृद्धवृद्धालाई सम्मान गरेका छन् ।

वडा अध्यक्ष राकेश झाको अध्यक्षता मा भएको कार्यक्रममा कम्बल १ थान, दोसल्ला १ थान, टर्च १ थान, चवनप्रास १ थान सामाग्री प्रदान गरिएको हो ।

नगरपालिकाले संचालन गरेको अभियान सराहनीय रहेको सम्मानित हुने जेष्ठ नागरिकहरुले खुशी व्यक्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *