Monday, June 1
Shadow

सर्लाहीबाट गाँजा सहित एकजना पक्राउ

जितेश यादव सचतक नेपाल । पौष १६ , सर्लाहीको ईश्वरपुरबाट  लागुऔषध गाँजा सहित एक जना पक्राउ परेको छ ।

ईश्वरपुर-१२ बाँके चोकमा प्रहरी टोलीले शंका लागि चेक जाँच गर्दा  पैदल हिददै जाँदै  गरेको महोत्तरी  सुन्दरपुर-२ बस्ने २२ वर्षीय पप्पु रामको ज्याकेट भित्रबाट ५ सय ग्राम लागुऔषध गाँजा बरामद भएको  जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको हो ।

रामलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *