Monday, June 1
Shadow

टिकुलियाका वृद्धवृद्धालाई न्यानो कपडा वितरण

सच तक नेपाल डेस्क, रौतहट । गौर नगरपालिकाका नगरप्रमुख अजय कुमार गुप्ताले सञ्चालन गरेको ज्येष्ठ नागरिकलाई सम्मान सहित न्यानो कपडा वितरण क्रम जारी रहेको छ ।

नगरप्रमुख गुप्ताले आज गौर नगरपालिका–४ टिकुलियाका ज्येष्ठ नागरिकहरुलाई सम्मान गरेका छन् । रौतहटको गौर नगरपालिका–४ स्थित टिकुलियाको वार्ड कार्यालयमा बिहिवार ज्येष्ठ नागरिकलाई न्यानो कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

आजको वितरण कार्यक्रममा टिकुलियाका ज्येष्ठ वृद्धवृद्धालाई एक थान कम्बल, दोसल्ला , चवनप्रास आदि समानबाट सम्मानित गरिएको छ ।
सोमबार देखि सुरु भएको ज्येष्ठ नागरिकलाई सम्मान गर्ने कार्यक्रमलाई नगरप्रमुख गुप्ताले निरन्तरता दिएका छन् । सन्तानले आफ्नो आमा–बुवालाई वृद्ध अवश्थामा सम्मान गरोस भन्ने जनचेतना जागरण गर्न सो योजना सञ्चालन गरिएको नगरप्रमुख गुप्ताले बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *