
पौष १४ , उखुको मुल्य निर्धारण नहुदै किसानहरु बेवश भइ उखु बेच्न कटाई सुरु गरेका छ्न ।
गत वर्ष चिनी उद्योगलाई किसानले बेचेको उखुको भुक्तानि माग गर्दै आन्दोलन गरिरहदा पनि यस क्रसिङ्ग सिजनमा मुल्य समेत निर्धारण नहुदा पनि उखु बेच्न बाध्य बनेको हो ।
वर्ष दिन मेहनत , परिश्रमी गरि आफ्न्नो खेतमा हुर्काको उखु चिनी उद्योगलाई दिन्न त कटाई सुरु गरे तर , उखुको मुल्य कति पाउने किसानलाई जानकारी नै छैन ।उखु हुर्कान बिउ, मल, मजदुर, सिचाइ नगदमै खर्च गर्ने किसान उखु काटेर उद्योग सम्म पु¥याउन मजदुरलाई नगद ज्याला दिनु पर्छ । तर, उखु उब्जाउने किसान चिनी उद्योगबाट कति रकम कहिले पाउने टुंगो पनि लागेको छैन ।
तृपक्षिय बर्तामा विभिन्न उखु किसान सङ्ग सम्बद संघ, संगठनहरुले उखुको न्युनतम मुल्य ६८० भन्दा बढी हुनु पर्ने माग गरे । तर, उध्योगले तत्काल मिल सन्चालन गरि पछि सरकारले निर्धारण गरेको मुल्यमा नै किसानलाई भुक्तानी दिईने बताए ।
मुल्य नै निर्धारण नभई उधयोग्लाई उखु दिदा पछि भुक्तानीमा समस्या हुन सक्ने भन्दै उखु उत्पादक महासंघका अध्यक्ष कपिलमुनि मैनालीले यसरी मिल लाई उखु नदिन्न किसानहरूलाई आग्रह गरे ।
यता किसानहरुलाई गहु बाली लगाउन ढिलो भएको कारणले मुल्य निर्धारण बिना नै उखु बेच्न थालेका छ्न ।
