
पौष १३ ,रौतहटमा स्कर्पिओ गाडी अनियन्त्रित भइ खाइमा पल्टिँदा ४ जनको मृत्यु भएकोे छ भन्ने ४ जना घाइते भएका छ्न ।
रौतहटको परोहा नगरपालिकाबाट जयन्ती बोकेर गधिमाई नगरपालिकाको पर्सा गम्हरिया तर्फ फर्किदै गरेको बिआर ०५ पिए ६९५३ भारतिय नम्वर प्लेटको स्कारपिओ जिप गौर – चन्द्रपुर सडक खण्ड अन्तर्गत स्थित जय नगरमा अनियंत्रित भइ बिजुलिको खम्बामा टक्कर दिई खाईमा पल्टिँदा गाडीमा सवार ८ जना मध्ये ४ जनाको घटना स्थलमै मृत्यु भएको र ४ जना गम्भीर घाइते भएको ईलाका प्रहरी कार्यालय गरुँडाले जानकारी दिए।
मृत्यु हुनेमा गम्हरियाको ५५ बर्षिय मारुफ मिया अंसारी, १६ बर्षिय शेख नौशाद, २२ बर्षिय शेख सैनुल्लाह र २४ बर्षिय शेख छोटु रहेका छन ।
