
सच तक नेपाल डेस्क । गरुडा प्रहरीले लागुऔषध गाँजा सहित तीन जना महिलालाई पक्राउ गरेकाे छ।
रौतहटको गरुडा नगरपालिका वडा नं.४ मेथुरचोक स्थित सडक खण्डमा प्रहरीले आवत जावत गर्ने बिभिन्न सवारी साधनहरुलाई चेकजाँच गर्ने क्रममा उनीहरुबाट १० किलाे गाँजा बरामद गरेकाे हाे ।
चेकजाँच गर्ने क्रममा चन्द्रपुरबाट गौरतर्फ जादै गरेकाे ना.१ ह.५७५५ नम्बरको टेम्पुमा सवार तीन जना महिला सहित १० किलाे गाजाँ प्रहरीले नियन्त्रणमा लिएकाे छ ।
पक्राउ पर्नेमा चितवन कालिका नगरपालिका – ११ स्थित शक्तिखोर बस्ने ३० वर्षीय अस्मिता प्रर्जा ,सोही ठाउँ बस्ने २६ वर्षीय रेशमा प्रजा र ३४ वर्ष की मनमती चेपाङ रहेकाे इलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायव उपरिक्षक श्रीराम भण्डारीले जानकारी दिएका छन् ।
नियन्त्रणमा लिइएकाे गाँजा सहित ऊनीहरुलाई पक्राउ गरी जिल्ला अदालत रौतहट बाट म्याद थप गरी थप अनुसन्धान कार्य भई रहेको ईलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ ।
