Sunday, July 26
Shadow

श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु

सच तक नेपाल डेस्क । संखुवासभाको पाँचखपन नगरपालिकामा श्रीमानको कुटपिटबाट श्रीमतीको मृत्यु भएको छ। श्रीमान्को कुटपिटबाट मंगलबार पाँचखपन नगरपालिका–३ की २९ वर्षीया विष्णुमाया राई (लिम्बू)को मृत्यु भएको हो।

प्रहरी निरीक्षक शुभेष अधिकारीका अनुसार बिष्णुमायाको हत्यामा संलग्न भएको आरोपमा दिपन राईलाई पक्राउ गरिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको अधिकारीले बताए।

यस्तै मंगलबार खाँदबारी नगरपालिका–११ मा जीवन दर्जीको कुटपिटबाट ३० वर्षीय चन्द्रबहादुर दर्जीको मृत्यु भएको छ।

दुवै जनाबीच विवाद हुँदा कुटपिटबाट चन्द्रबहादुर गम्भीर घाइते भएका थिए। उनको उपचारका क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको हो। कुटपिटमा संलग्न भएको आरोपमा जीवनलाई प्रहरीले पक्राउ गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *