
गरुडा । नेपाल कम्युनिष्ट पार्टी (एमाले) रौतहट जिल्ला कमिटीका अध्यक्ष तुलसी राज गिरीको अध्यक्षतामा बसेकाे बैठक सम्पन्न भएकाे छ ।
राैतहटकाे मध्य बजार भनिने गरुडा स्थित तुलसीलाल स्मृति सभा भवनमा नेपका एमालेकाे बैठक बसेकाे थियाे । बैठकमा विभिन्न महत्वपूर्ण निर्णयहरू गरी सम्पन्न भएको हाे ।
जिल्ला कमिटीले निकालेकाे प्रेस वक्तव्यकाे पहिलाे बुँदामा ” पार्टीका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यमा यहि मिति २०७८/०९/०८ गते विरगंजमा हुने आमसभामा रौतहट जिल्लाबाट ८ हजार जनसहभागीता गराउन नगर र वडा कमिटीका यही पौष ६ भित्र आयोजना गरि तयारी गर्ने ” लेखिएकाे छ ।
त्यस्तै दाेश्राे बुँदामा ” नेपाल कम्युनिसट पार्टी (एमाले) रौतहटको नवौं जिल्ला अधिवेशन यहि मिति २०७८/९/२३ गते तुलसीलाल स्मृति सभा भवन गरुडामा आयोजना गर्ने ” प्रष्ट पारिएकाे छ ।
अन्तिममा ” पार्टी जिल्ला अधिवेशनको अन्य तरिकाका लागि यहि मिति २०७८/९/१० जिल्ला कमिटिको विस्तारित बैठक गरुडा पार्टी कार्यालयमा आयोजना गर्ने निर्णय गरिएको छ । बैठकमा जिल्ला कमिटीका सदस्यहरू, नगर कमिटीका पदाधिकारी वडा कमिटी अध्यक्षहरु, जनसंगठनका केन्द्रीय पदादाधिरी र सदस्यहरू, जिल्लाका पदाधिकारीहरुको सहभागी रहने” समावेश गरिएकाे हाे ।

