Monday, July 27
Shadow

कोरोनामा प्लाज्माको व्यवस्थापन गर्ने माधवीलाई अमेरिका र दुबईमा सम्मान

सिराज खान
नेपालगञ्ज, मङ्सिर ८ गते । शिक्षण पेशामा आवद्ध भएपनि नेपालगञ्जकी माधवी शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नु भएकोमा उहाँलाई अमेरिका र दुबईमा सम्मान गरिएको छ ।
शाहको योगदानको उच्च मुल्यांकन गर्दै अमेरिकाको नेपाली संस्थाहरुमा स्थापित संस्था नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाले सम्मान गरेको छ भने नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले दुबईमा नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको छ ।
नेपालमा कोरोना महामारीमा विशिष्ट सहयोग गर्ने नेपालगञ्जकी शाह लगायत १२ जनालाई सम्मान गरिएको नेपलिज एसोसिएशन ईन साउथईष्ट अमेरिकाका अध्यक्ष विनय अर्यालले टेलिफोनमा बताउनुभयो ।


यसैगरि नेपाल इभेन्ट अग्रनाइजेशन एशोसिएसनले कोभिड–१९ महामारीमा आफ्नो ज्यानको प्रवाह नगरी विभिन्न तवरबाट सामाजिक कार्य गरेको जनाउँदै शाहलाई पनि नेसनल हिरो अवार्ड २०७८ बाट सम्मानित गरेको एशोसिएसनका अध्यक्ष आर के सुवेदीले फोनमा बताउनुभयो ।
दुवईमा भव्य अयोजित अवार्ड शोमा ६ हजार आवेदक मध्येबाट एशोसिएसनले शाहलाई पनि छनौट गरेको उहाँले बताउनुभयो । एशोसिएसनका अध्यक्ष सुवेदीले नेपालमै छिट्टै विशेष कार्यक्रमको आयोजना गरी सम्मानित व्यक्तिहरुलाई अवार्ड वितरण गरिने बताउनुभयो ।
सम्मानित हुनुभएकी शाहले यी सम्मान र अवार्डले आफुलाई समाजसेवा गर्न झन् प्रेरणा दिएको र उत्साहित बनाएको बताउनुभयो । सम्मानले सधैं यस्ता काम गर्न हौसला थपेको उहाँको प्रतिक्रिया छ ।


शिक्षण पेशामा आवद्ध शाहले कोरोना महामारीमा प्लाज्मा संकलनमा उल्लेखनिय भूमिका निर्वाह गर्नुभएको थियो । उहाँले भेरी अस्पतालका चिकित्सकहरुसँग समन्वय र सहकार्य गरेर प्लाज्मा संकलनमा अहोरात्र खटिएर कोभिड संक्रमित बिरामीको उपचारमा सघाउनु भएको थियो ।
उहाँले पहिलो र दोस्रो चरणमा गरेर २३५ जना गम्भीर कोभिड संक्रमितका लागि प्लाज्माको व्यवस्था गर्नु भएको थियो । काठमाण्डौ, धनगढी, सुर्खेत, दांग र कपिलवस्तुसम्म प्लाज्मा पुरयाउने कार्य उहाँले गर्नु भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *