Saturday, September 12
Shadow

अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुरको अध्यक्षमा थारु

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । नेकपा माओवादी केन्द्र निकट निर्माण मजदुरहरूको संगठन अखिल नेपाल निर्माण मजदुर संघ कोहलपुर नगर समितिको अध्यक्षमा तेजराम थारु निर्वाचित भएका छन । आइतबार कोहलपुरमा सम्पन्न संघको दोस्रो नगर सम्मेलनबाट थारु सर्वसम्मत अध्यक्षमा चयन भएका हुन ।
सम्मेलनले थारुको अध्यक्षतामा १९ सदस्यीय नगर समिति सर्वसम्मत चयन गरेको छ । जसको उपाध्यक्षमा मनिसा थारु र राम कुमार हरिजन, सचिब किशन थारु, सह(सचिब कालिमैया थारु र कोषाध्यक्षमा राम प्रसाद थारु चयन भएका छन ।
त्यसैगरी, सदस्यहरुमा क्रमशः रतन थारु, नवीन थारु, कुले थापा, प्रेम कुमार थारु, राम सरोज थारु, यामलाल राना, हरिराम थारु, बादल थारु, जुहारी थारु, आसरानी थारु, पुरन थारु, लछ्मन थारु र फुलराम थारु रहेका छन ।
नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर नगर अध्यक्ष नरेन्द्र न्यौपानेको प्रमुख आतिथ्यता र संघका निवर्तमान नगर अध्यक्ष सर्जु प्रसाद थारुको अध्यक्षतामा सम्मेलन सम्पन्न भएको थियो ।
सम्मेलनलाई नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य तथा कोहलपुर नगर अध्यक्ष नरेन्द्र न्यौपाने, अखिल नेपाल ट्रेड युनियन महासंघ लुम्बिनी प्रदेश अध्यक्ष दान बहादुर ओली, अखिल नेपाल ट्रेड युनियन महासंघ बाँके अध्यक्ष वसन्त मल्ल र सचिब राजकुमार बिसी लगायतले सम्बोधन गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *