Wednesday, July 29
Shadow

बाँकेबाट एमाले महाधिवेसनका लागि २० जना प्रतिनिधि सर्वसम्मत छानिए

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २८ कात्तिक । नेकपा एमालेको १०औं महाधिवेशनका लागि बाँकेबाट निर्विरोध महाधिवेशन प्रतिनिधि छानिएका छन् । मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुने १०औं महाधिवेशनका लागि नेकपा एमाले बाँकेले सर्वसम्मत रुपमा महाधिवेशन प्रतिनिधि छनोट गरेको एमालेका केन्द्रिय सदस्य मोहम्मद हारुन हलवाईले बताउनुभयो ।
उहाँका अनुसार ३ वटा निर्वाचन क्षेत्र रहेको बाँकेबाट १९ जना प्रतिनिधि सर्वसम्मत छनौट गरिएको छ । एक जना पदेन प्रतिनिधि गरी बाँकेबाट कूल २० जना प्रतिनिधि छनौट भएको एमाले बाँकेले जनाएको छ । ।
बाँकेबाट छनौट भएका महाधिवेशन प्रतिनिधिमा निरक गुरुङ, देवराज भार, किष्मत कक्षपति, रत्न खत्री, सूर्य ढकाल, विजया धिताल, अशोक कर्माचार्य, भूमीसरा धिताल, रामबहादुर चन्द, दुर्गा थारु, प्रेम भुषाल, पुजन विक, बसन्ती अधिकारी, भारती खनाल, नन्दलाल विश्वकर्मा, घननाथ खनाल, प्रेमपूर्ण योगी, पूर्ण केसी, हलिम शाह छन् ।
यस्तै पदेन सदस्यमा केन्द्रिय सदस्य मोहम्मद हारुन हलुवाई रहनु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *