Thursday, July 30
Shadow

कोहलपुरको बिकास बारे संघिय र प्रदेश सरकार लाई ध्यानाकर्षण गराइयो

नेपालगञ्जपाटी समाचार
नेपालगञ्ज, २४ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्र कोहलपुरको एक टोलिले बिभिन्न मन्त्रालयमा पुगेर कोहलपुरको बिकास बारे मन्त्रीहरुको ध्यानाकर्षण गराएको छ । माओवादी केन्द्रका लुम्बिनी प्रदेश सदस्य नरेन्द्र न्यौपाने नेतृत्वको टोलिले लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुल प्रसाद केसी, संघिय सरकारका अर्थमन्त्री जर्नादन शर्मा, शिक्षा मन्त्री देबेन्द्र पौडेल, भुमिसुधार मन्त्री शशी श्रेष्ठलाई भेट गरि कोहलपुर क्षेत्रको समग्र बिकास बारे ध्यानाकर्षण गराएको हो ।
टोली नेता न्यौपानेका अनुसार संघियताको मर्म अनुसार भुमिसुधार र नापी कार्यालयको काम कार्यवाही स्थानिय तह बाट गर्ने गरी अबिलम्ब व्यवस्था मिलाउन माग गरिएको छ । साथै देशभर रहेको भुमि समस्या समाधानका लागी भुमी आयोगको काम लाई प्रभावकारी ढंगले अगाडी बढाएर भुमिहीन तथा अव्यवस्थीत बसोवासीलाई जग्गा धनि प्रमाण पुर्जा बितरण गर्न माग गरिएको छ ।


यस्तै टोलिले शिक्षा मन्त्री संगको भेटमा कोहलपुरको १३ बिगाह मैदान नेपालगञ्न मेडिकल कलेजसंग भएको ५० बर्षे भाडा सम्झौता रद्ध गर्न पहल गर्न आग्रह गरिएको टोलिमा सहभागी अवराज खड्काले जानकारी दिनुभयो । त्यसैगरि कोहलपुरमा रहेको सिटीईभिटीको कार्यालयबाट सम्पुर्ण सेवाहरु अबिलम्व सुरु गर्न पनि माग गरिएको छ ।
त्यसैगरि बिगतमा बजेट बिनियोजन गरेर पनि पुर्ववर्ति सरकारले बजेट कटौती गरेको कोहलपुरको गौरवको रुपमा रहेको सिटीहल निर्माणका लागि बिशेष व्यवस्था सहित बजेट बिनियोजन गर्न पनि मन्त्रीसंग माग गरिएको उहाँले बताउनुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *