Wednesday, July 29
Shadow

बघौडाबासीले प्रदेशमन्त्री र सांसदसंग उज्यालोको खुशी साटे

प्रदीप वाग्ले
नेपालगञ्ज, २४ कात्तिक । बाँके जिल्लाको कर्णाली प्रदेशका रुपमा चिनिने राप्ती सोनारी र नरैनापुरबासीले उज्यालो पर्व तिहारका अवसरमा पहिलो पटक बिजुली उपभोग गर्न पाएकोमा खुशि व्यक्त गरेका छन ।
तिहार लगतै सो क्षेत्रमा समग्र बिकासको सम्भावना बारे अन्र्तक्रिया गर्न पुगेको लुम्बिनी प्रदेशका आन्तरीक मामला तथा सञ्चार मन्त्री तिलक शर्मा हिमाल, सोही क्षेत्रकी प्रदेश सांसद कृष्णा केसी नमुना संग उनिहरुले यस पटकको तिहार आफुहरुका लागी ऐतिहासीक भएको सुनाए ।
तेलको बत्ति दियोको भरमा दिपावली गरेका उनिहरुले यसपटक बिजुली बत्तिको सहयोगले घर नै उज्यालो बनाउन पाउदा निकै खुसी भएको बताएको प्रदेश सांसद कृष्णा केसी नमुनाले जानकारी दिनुभयो ।
बिजुलीको पोल गाडेको झण्डै दुई दशक पछि राप्ती सोनारी र नरैनापुर क्षेत्रमा बिद्युत सेवा पुरयाउन सफल भएको सांसद केसीले जानकारी दिनुभयो । पछिल्लो २ बर्षमा कोरोनाको कहरका बिच पनि बिद्युत बिस्तारको कामले निरन्तरता पाएको थियो ।
राप्ती सोनारी वडा नं ६ का वडा अध्यक्ष राम लखन थारुले बिजुलिको उपभोग गर्न पाउदा जनता निकै खुसी भएको बताउनुभयो । उहाँले बिद्युत सेवा पछि कृषि उपज उत्पादनका सिचाई लगायतका कममा पनि सहज भएको बताउनुभयो ।


प्रदेशको मन्त्री भएपछि बाँके र बर्दियाका ग्रमिण जनतासंग अन्र्तक्रिया गर्दै हिडेका लुम्बिनी प्रदेशका मन्त्री तिलक शर्मा हिमालले माओवादी नेतृत्वमा बिद्युत क्षेत्रमा ऐतिहासीक परिर्वतन आएको बताउदै अव बिपन्न जनताले निशुल्क बिद्युत उपभोग गर्न पाउने बताउनुभयो ।
उहाँले माओवादी कै नेतृत्वमा १८ घन्टासम्म हुने लोडसेडिङ अत्य भएको बताउदै अव बिपन्न व्यक्ति न्युनतम मासिक ३० रुपैयामा बिद्युत सेवा उपभोग गर्न पाउने गरि व्यवस्था मिलाईएको बताउनुभयो ।
मन्त्री हिमाल, सांसद नमुना र माओवादी केन्द्रका नेता प्रकाश सुबेदी चन्द्रकान्त सहितको टोलिले राप्ती सोनारी र नरैनापुर क्षेत्रको बिकास लागि आफुहरु प्रतिबद्ध रहेको बताएका थिए । उनिहरुले सो क्षेत्रको सिमा नाकाको समेत अवलोकन गरेका थिए ।
नरैनापुरबाट अघैया जोडने सडक, राप्ती नदि लगायतका सहायाक खोलालाई तटबन्ध, औद्योगिक ग्राम, ईलाका प्रहरी कार्यालय नरैनापुर, भोजभगवानपुरको स्तरउन्नती, पर्यटन क्षेत्रको समग्र बिकास बारेमा ठोस पहल गर्ने मन्त्रिले प्रतिबद्धता जनाएको सांसद कृष्णा केसी नमुनाले जानकारी दिनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *