Monday, March 2
Shadow

कृषि सामग्रीको १०२ बोरा युरिया मलसहित पाँच जना पक्राउ

वीरगञ्ज – कृषि सामग्री कम्पनी लिमिटेड वीरगञ्ज शाखाबाट लोड गरिएको युरिया मलसहित पाँच जना पक्राउ परेका छन्।
साउन १४ गते अशोक विनायक ट्रान्सपोर्ट कम्पनीमार्फत ४२० बोरा मल ना ६ ख ९१९२ नम्बरको ट्रकमा लोड गरी लगिएको थियो।

रौतहटको चन्द्रनिगाहपुर पुर् याउन लोड गरिएको मल त्यहाँ साउन २६ गतेसम्म पनि पुगेको थिएन। मलबारे प्रहरीले ट्रक चालक हरिकान्त पासवानलाई सम्पर्क गर्दा चालकले ट्रक बिग्रेको भनेका थिए। तर, लामो समयसम्म पनि चन्द्रनिगाहपुर मल नपुगेपछि प्रहरीले अनुसनधानका क्रममा पाँच जनालाई मलसहित पक्राउ गरेको हो।

 

पक्राउ पर्नेमा रौतहटको बृन्दावन नगरपालिका–६ का चालक हरिकान्त पासवान, गुजरा नगरपालिका–९ का कृष्णा चौधरी, वडा नम्बर २ का मुकेश महतो,चन्द्रपुर नगरपालिका वडा नम्बर ९ का लक्ष्मण चौधरी र वडा नम्बर १० का छोटेलाल बैठा छन्।

साथै, १०२ बोरा युरिया मल र ना ३ त २१८० र ना ६ ख ९१९२ र एउटा अनटेष्ट नम्बरसहित तीन वटा ट्र्याक्टरसमेत नियन्त्रणमा लिइएको रौतहटका प्रहरी प्रबक्ता एवम् डिएसपी उमाशंकर यादवले जानकारी दिए।

पक्राउ परेका पाँचै जनालाई आपराधिक विश्वासघात र चोरी डाँकासम्बन्धी कसुरमा अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको उनले बताए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481