Monday, March 2
Shadow

वक्तृत्वकला प्रतियोगिताकाे उपाधि आबीएकी जेसिकालाई

गाैर । ५८ औं बाल दिवसकाे अवशरमा एस आर आर मिडिया नेपाल प्रालिले आयाेजना गरेकाे वक्तृत्वकला प्रतियोगितामा जेसिका साह प्रथम श्रेणी ल्याएकी छिन्।

सदरमुकाम गौर स्तिथ राइस मिलको सभा हलमा एस आर आर मिडिया प्रालि र मिडिया पार्टनर प्रदेश अनलाईन न्यूज काे आयोजनामा अन्तर विधालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा ईनटरनेसनल बाल एकेडमीमा अध्ययनरत् जेसिका साह उत्कृष्ट वक्ता वनेकी छन । उनी सो विधालयको कक्षा सातमा अध्ययनरत छिन् ।

हाम्रो आधार, शिक्षा र स्वास्थ्यमा अमुल्य सुधार विषयमा स्कुल स्तरीय वक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको हो ।
उक्त प्रतियोगितामा प्रथम दोस्रो र तेस्रो हुनेलाइ नगर प्रमुखसाहले पुरस्कार र शिल्ड प्रदान गर्नु भयो ।

कुल १७ जना छात्रछात्रा उक्त प्रतियोगितामा सहभागी थिए जसमध्ये जेशिका साह प्रथम भएकी हुन् । दोस्रो श्रेणीमा माध्यमिक बिद्यालय- ५ मा अध्ययनरत अबिनिस यादब र मित्र मेमोरियल विधालयका आर्यन गुप्ता तेस्रो श्रेणीमा हासिल गरेका हुन् ।

आयोजक संस्थाका प्रबन्ध निर्देशक सावन यादवको सभापतित्वमा भएको सो कार्यक्रमका प्रमुख अतिथि गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह ,लगायत विशिष्ट अतिथिमा नेपाल पत्रकार महासंघ रौतहट शाखाको पूर्व अध्यक्ष शैलेन्द्र गुप्ता जसपाका युवा नेता ललन यादवको उपस्थिति रहेको थियो।

नगर प्रमुख साहले प्रतियोगिताले बाल बालिकाको बोल्ने शक्ति तथा क्षमतामा ठुलो सहयोग पुग्ने कुरामा विश्वास प्रकट गर्नु भयो । सो प्रतियोगितामा अभिभावक र विधार्थीको सहभागिता रहेको थियो । एसआर आर मिडिया नेपाल प्रा.लि.ले ५८ औं राष्ट्रिय बाल दिवस २०७९ को उपलक्ष्यमा कार्यक्रम आयोजना गरेकाे थियाे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481