Monday, March 2
Shadow

सर्लाही: करेन्ट लागेर एक जनाको ज्यान गएपछि स्थानीयद्वारा पुर्व पश्चिम लोकमार्ग अवरुद्ध

सचतक नेपाल डेस्क,
२२ भदाै, सर्लाही । बिद्युत प्राधिकरणकाे लापरबाही कारण करेन्ट लागेर एक जनाकाे ज्यान गएपछि पुर्व पश्चिम लोकमार्ग अन्तरगत बागमती पुलमा स्थानियले टायर वालेर प्रदर्शन गरेका छन् ।

बागमती नगरपालिका ११ स्थित बागमतीमा करेन्टर लागेर एक जनाएको ज्यान गएपछि विद्युत प्राधिकरणको लापरबाहीले आफ्ना मानिसको ज्यान गएको भन्दै स्थानियले क्षतिपूर्तिको माग गरेका छन्।

विद्युत प्राधिकरणको लापरबाही अन्त्य हुनु पर्ने माग राख्दै दिउँसो करिब साँढे ३ बजेबाट लोकमार्ग अवरुद्ध गरेका थिए ।

बागमती नगरपालिका ११ का स्थानिय अन्दाजी वर्ष ३० का प्रकाश वाईवाको करेन्ट लागेर ज्यान गएको थियो ।
सडक अवरुद्ध भएको स्थानमा ठुलो मात्रामा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने स्थानीयले टायर वालेर सडक अवरुद्व गरिरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *


Notice: ob_end_flush(): failed to send buffer of zlib output compression (0) in /home/jeetpurkhabar/public_html/wp-includes/functions.php on line 5481