Thursday, April 16
Shadow

शान्ति युवा विकास मञ्चको आयोजनामा रक्तदान कार्यक्रम सम्पन्न ,५ महिला सहित ७० जनाले गरे रक्तदान

२९ असाढ । बारा : बाराको जीतपुरसिमरा उपमहानगरपालिका-७ जीतपुरमा शनिवार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । शान्ति युवा विकास मञ्च जीतपुरको आयोजना तथा मानव अधिकार एलायन्स बाराको सहकार्यमा शनिवार शान्ति टोल खेल मैदानमा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । ‘रक्तदान नै जीवनदान’ भन्ने मूल नाराका साथ शान्ति युवा विकास मञ्च जीतपुरले प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना गर्दै आईरहेको छ ।

 

शान्ति युवा विकास मञ्च जीतपुरले आयोजना गरेको रक्तदान कार्यक्रममा ५ महिला सहित ७० जनाले रक्तदान गरेको शान्ति युवा विकास मञ्च जीतपुरका अध्यक्ष बिबेक शाहले बताएको छ । रक्तदान नै जीवन दान भएकोले हामीले गरेको रक्तदान बाट कसैको ज्यान बच्ने भएकोले यस संस्थाले प्रत्येक बर्ष रक्तदान कार्यक्रमको आयोजना अगर्दै आईरहेको अध्यक्ष शाहले बताए ।फकिरा गिरी राजेश्वर गिरी मा. वि. का प्रधानाध्यापक राजु कुमार सिंहको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मञ्चका अध्यक्ष विवेक कुमार सोनार,जीतपुरसिमरा उपमहानगरपालिका-७ का वडा सदस्य नबिन मैनाली, मानव अधिकार एलायन्स बाराका अध्यक्ष अनिल तिवारी, दिपक गुप्ता, इन्द्रजित चौधरी, आत्मराम अधिकारी, ईश्वर थपलिया लगायतको उपस्थिति थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *