Thursday, April 16
Shadow

रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु

२८ असाढ, रौतहट – रौतहटमा जन्ती बोकेको स्कारपियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। रौतहटको देवाही गोनाही नगरपालिकाको धरहरीबाट जन्ती बोकर सर्लाहीको चक्रघटा फर्किने क्रममा सो दुर्घटना भएको हो ।दुर्घटनामा परी दश जना घाइते भएका छन्। सर्लाहीको चक्रघटा गाउँपालिकाबाट रौतहटको गढिमाई नगरपालिका- ६ मा जन्ती लिएर आएको एच आर ७ डि ८३८२ नम्बरको स्कारपियो फर्किने क्रममा सोही स्थानमा नहरमा खसेको हो।जीपमा १२ जना सवार रहेका थिए ।

 

दुर्घटनामा परी जन्ती आएका काठमाडौं निवासी ५५ वर्षका कुलबहादुर श्रेष्ठ र चक्रघटा गाउँपालिका- ३ बस्ने रवीन्द्र पण्डितकी ७ वर्षीया छोरी स्वेता पण्डितको मृत्यु भएको रौतहटकी प्रहरी प्रवक्ता डिएसपी एलिजा गिरीले जानकारी दिइन्।तीब्र गतिका कारण गाडी नहरमा खसेको तथा दुर्घटनामा परी दश जना घाइते भएको उनले बताइन्। उनका अनुसार घाइतेहरूको प्रादेशिक अस्पताल गौरमा उपचार भइरहेको छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *