Monday, July 27
Shadow

रामनगर र बलरा जोडने मनुष्यमारामा पुल बन्ने भएपछि सर्वसाधारण खुशि

सर्लाही । सर्लाहिको रामनगर गाउँपालिका र बलरा नगरपालिका जोडने मनुष्मारा नदीमा पुल बन्ने भएको छ रामनगर गाउपलिकाको दक्षिणी भेगमा पर्ने मनुस्मारा नदिमा पुल बन्ने भएको हो ।

सो पुल निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयलबाट  ४७ लाख ५० हजार बजेट बिनियोजन गरिएको छ ।

रामनगर निवासी समाजसेवी तथा नगर बिकास कोषका सदस्य सन्दिप मिश्राले सो मनुष्यमारा नदिमा पुल निर्माणका लागि भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट बजेट बिनियोजन गराई चाडै पुल निर्माणका कार्य अगाडि बढाउन पुल महाशाखालाई ज्ञापन पत्र पेश गरेका हुन ।

ज्ञापन पत्र बुझदै महाशाखाले यो महिना भित्र पुल निर्माणका काम शुचारु हुने गरि प्राबिधिक कार्यहरु भैरहेको प्रतिबदता व्यक्त गरेको समाजसेवी मिश्रले जानकरी दिए ।

पुल नहुँदा खास गरि वर्षा याममा सर्वसाधारणलाई पानि तरेर जानुपर्ने बाध्यता रहेछ । सन्दिप मिश्रको यस्ता सराहनीय कार्यले नगरबासी हर्सित भइ धन्यबाद दिएका छन र अगामी दिनहरुमा पनि यस्तै सराहनीय कार्यको अपेक्षा राखेका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *