Sunday, July 26
Shadow

जसपाले जनमत माथी लगायो गम्भीर आरोप

सचतक नेपाल माघ ८ ।सत्तारुढ जनता समाजवादी पार्टीले रौतहटमा आयोजित बलिदानी दिवसको कार्यक्रममा सीके राउत नेतृत्वको जनमत पार्टीका नेता कार्यकर्ताले आक्रमण गरेको आरोप लगाएको छ।

जसपाले शनिबार एक विज्ञप्ति जारी गर्दै समाजवादी युवा संघको आयोजनामा भइरहेको कार्यक्रममा जनमत पार्टीका नेता कार्यकर्ताले सुनियोजित तरिकाले आक्रमण गरेको आरोप लगाएको हो।

जसपाको केन्द्रीय कार्यालय प्रमुख प्रकाश अधिकारीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘जनमत पार्टीका नाममा उक्त पार्टीका नेता तथा कार्यकर्ताहरू सुनियोजित ढंगबाट लाठी, भांटा, ढुङ्गा, आदि लिई उक्त कार्यक्रमलाई अवरोध गर्ने, कार्यक्रम बिथोल्ने, आतङ्क मच्याउने र हिंसा भड्काउने जस्ता गैरराजनीतिक एवं अपराधिक क्रियाकलापमा संलग्न रहेका थिए।’ जसपाले जनमत पार्टीको उक्त गतिविधिको घोर विरोध एवम् भर्त्सना गरेको विज्ञप्तिमा जनाएको छ।

विज्ञप्तिमा भनिएको छ, ‘जनता समाजवादी पार्टी, नेपालको कार्यक्रम तथा यसका कुनै नेता तथा कार्यकर्ताविरुद्ध लक्षित यस्ता अपराधिक कार्य अब उपरान्त नगर्न समेत सचेत गराइन्छ। यस्ता अपराधिक एवं गैरराजनीतिक, अराजक, गैरकानूनी, असामाजिक तथा अमर्यादित क्रियाकलापलाई नियन्त्रण गर्न नेपाल सरकारसँग आग्रह गरिन्छ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *