Monday, June 1
Shadow

 रौतहटमा १२ जना प्रदर्शनकारी पक्राउ

सच तक नेपाल डेस्क, रौतहट । जनमत पार्टीका १२ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । एक्कासी मौसम परिवर्तन कारण जनमत पार्टीले घोषणा गरेको रौतहट बन्दको प्रभाव आंशिक रुपमा देखिएको थियो । तर मौसम परिवर्तन पश्चात पनि जनमतका कार्यकर्ताहरु प्रदर्शनमा उत्रेका छन् ।

पार्टीका कार्यकर्ताहरुले जिल्लाको मध्ये बजार गरुडामा सवारी तोडफोड गरेका छन् । रौतहट बन्दलाई बेवास्ता गरी सवारी चलाएको भन्दै कार्यकर्ताले ३ सवारी साधनलाई तोडफोड गरेका हुन । सवारी साधनलाई तोडफोड गर्ने क्रममा चालकलाई समेत क्षति पुगेको ईलाका प्रहरी कार्यालय गरुडाका प्रहरी नायब उपरिक्षक (डिएसपी) श्रीराम भन्डारीले जनाकारी दिएका छन् ।

मंगलवार जनमत पार्टीको जिल्ला समन्वय समिति रौतहटका अध्यक्ष रामेश्वर प्रसाद यादवले एक विज्ञप्ती जारी गर्दै बुधवार अति आवश्यक बाहेक अन्य सवारी बन्द रहने जानकारी गराएका थिए ।

सवारी साधन एवम चालकलाई क्षति पुर्याएको आरोपमा ईलाका प्रहरी कार्यालय गरुडाले जनमत पार्टीका ७ जना कार्यकर्तालाई पक्राउ गरिएको डिएसपी भण्डरीले बताउनु भयो ।

किसानहरुको समस्या समाधानका लागी सरकार गम्भीर नभएको भन्दै जनमत पार्टीले मधेशका जिल्लाहरुमा आन्दोलन गरिरहेको छ । राज्यले किसानका जायज माँगहरुलाई वेवास्ता गरेको भन्दै सिरहामा शुरु भएको किसान आन्दोलन प्रति एक्यवद्धता जनाएर किसानका माँग पुरा गराउन आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको जनाएको छ ।

बुधवार बिहान गौरमा प्रदर्शनमा उत्रेका ५ जना कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको छ । गौर र गरुडा गरि कुल १२ जना कार्यकर्ता प्रहरी नियन्त्रणमा रहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरिक्षक (डिएसपी) सुनिल मल्लले बताउनु भयो ।

साभार : जनता समाचार डटकम

Leave a Reply

Your email address will not be published. Required fields are marked *