
सच तक नेपाल डेस्क , राैतहट । सवारी दुर्घटनामा परि ६ जनाकाे मृत्यु भएकाे छ भने ३ जनाकाे उपचार जारी छ ।
जिल्ला रौतहट गढीमाई नगरपालिका – ३ स्थित गम्हरीया टोल बस्ने शेख मन्जुर को १६ वर्षीय छाेरा शेख नैसाद उपचारको क्रम्मा मृत्यु भएको हाे । उनकाे शव गरेण्डी हस्पटिलमा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएकाे छ ।
त्यस्तै मृत्यु हुनेहरु गम्हरीयाकै स्थानीय साबिदकाे २२वर्षीय छाेरा शेख सैनुल्लाह , ५५ वर्षीय डा. मेसाफिर अन्सारी, शेख जाफलको छोरा २५वर्षीय शेख छोटु , नाम थर वतन नखुलेको अन्दाजी ४०/४५ वर्षीय पुरुष रहेकाे प्रहरीले जनाएकाे छ ।
गम्हरीकै स्थानीयको १५ वर्षीय शेख अजिबुल्लाह गम्भीर घाइते भइ थप उपचारका लागि बिरगंज तर्फ लादै गरेको क्रम्मा अन्दाजी ६:१५ बजेको समयमा बाटोमा मृत्यु भएको प्रहरीले जानकारी दिएकाे छ ।
मंलवार अन्दाजी ५ बजेकाे समयमा रौतहटकाे गरुडा नगरपालिका – १ जयनगर स्थित गौर च-पुर सडक खण्डमा बिआर-०५-पिए-६९५३ नम्बरकाे भारतीय एसकारपियाे दुर्घटनाग्रस्त भएकाे हाे । नरकटियावाट गमहरीयामा जन्ती जादै गरेको अवस्थामा गौर वाट जयनगर तर्फ जादै गरेकाे सवारी दुर्घटना भई घटना स्थलमा चार जनाकाे मृत्यु भएकाे हाे भने उपचारकाे क्रममा थप दुई जनाकाे मृत्यु भएकाे छ ।

जन्ती बाेकेकाे गाडी अनियन्त्रित भई बाटोको साईडमा रहेको खाल्टो वाट १५/२० फिट वाँया साईडको तल खेतमा पल्टि भई दुर्घटना ग्रस्त भएकाे हाे ।
रौतहट गढीमाई नगरपालिका-३ बस्ने शेख मोनाजिरको १६ वर्षीय छाेरा शेख अलफाज ,१५ वर्षीय शेख अमानत र शेख आमुल्लाहको १७ वर्षीय शेख करिमुल्लाहकाे उपचार भइरहेकाे प्रहरीले जनाएकाे छ ।

प्रदेश २ का भूमि, व्यवस्था, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादवले मृतकहरु प्रति चिर शान्ति सँग शाेक प्रकट गर्दै घाइतेहरुकाे शु-स्वास्थकाे कामना गरेका छन् । प्रदेशका मुख्यमन्त्री लालबाबु राउतसँग मृतकहरुका परिवारका लागि आर्थिक सहयाेग गर्ने समेत सामाजिक संजाल मार्फत जनाएका छन् ।
